बाढीमा परेकी महिलाको शव फेला


बेनी – म्याग्दीको रघुगंगा गाउँपालिका-६ पाखापानीको गम्फु जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बाढीले बगाएको छ।

रघुगंगा-६ की २४ वर्षीया हरिमाया शेरपुञ्जाको बाढीले बगाएर मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए। ‘घास काट्न जंगल गएकी शेरपुञ्जा पानी परेपछि ओत लाग्न खोल्साको छेउमा बसेको अवस्थामा माथिबाट एक्कासि आएको बाढीले बगाएछ,’ उनले भने ‘शव भेटिएको छ।’

पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोर्वद्धन दुराको टोली घटनास्थलमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय बेनीबाट पनि प्रहरीको थप टोली घटनास्थलतर्फ गएको छ।

यसैगरी वर्षाको पानीले रघुगंगा गाउँपालिका-८ कुइने मंगलेका दिलमान छन्त्यालको घर भत्केर पूर्णरुपमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए। सोमबार दिउँसो म्याग्दीको उत्तरी क्षेत्रमा वर्षा भएको थियो।

प्रतिक्रिया