प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह बन्नुभयो : योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री पुष्पकमल दाहाल संसदमा निरीह भएको बताएका छन् ।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । सांसद भट्टराईले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बनेको बताए । उनले प्रधानमन्त्रीको नागकिरता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको बताए ।

भट्टराईल उनले अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रस्तुत गरिरहेको भन्दै बिरोध जनाए । उनले प्रधानमन्त्रीले संसदलाई ढाँट्न नमिल्ने पनि बताए । सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई विवादित गराएको आरोप लगाए ।

प्रतिक्रिया