

राष्ट्र बैंकद्वारा मौद्रिक नीति निर्माणका लागि सुझाव माग

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीतिको तयारी सुरु गरेको छ।
साउन महिना सुरु हुन अगावै सार्वजनिक गर्ने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले तयारी सुरु गरेको हो।
आगामी मौद्रिक नीतिका लागि सुझावहरु समेत माग गरेको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गरी सम्बन्धित व्यक्ति तथा संस्थाहरुसँग सुझाव माग गरेको हो।
राष्ट्र बैंकले जारी गरेको सूचनामा भनेको छ, ‘नेपाल राष्ट्र बैंक ऐन २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको बारेमा आफ्नो सुझाव राष्ट्र बैंकमा असार १० भित्र उपलब्ध गराउन अनुरोध छ।’

