
भारतको नयाँ संसद्मा राखिएको नक्साबारे कुरा उठाएको छु : प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा त्यहाँको नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको नक्साबारे कुरा राखेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले संसद बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै आफूले उक्त नक्साको अघाडी गएर हात हल्लाएको कुरा गलत भएको बताएका हुन् ।
‘भारतीय नयाँ संसद्अघि गएकै छैन, पुगेको छैन । त्यहाँ गरेर मोदीजी र मैले हात हल्लाएँ भनेको मोर देन हन्ड्रेड पर्सेन्ट झुटो हो,’ उनले भने ।
उनले त्यो नक्साबारे भारतको आफ्नै तर्क रहेको सुनाए । ‘यो विषयमा भारतमा कुरा गरेन भन्ने पनि सत्य होइन । मैले कुरा गरेँ । उहाँहरूको आफ्नो तर्क छ । यो सांस्कृतिक ऐतिहासिक हो भन्ने । यो बारेमा छलफल गर्दै जान सकिन्छ,’ उनले भने ।
प्रचण्डले विश्वासको वातावरण बनेपछि छलफल गरेर जान सकिने बताए । अहिले आफूलाई अफ्ठ्योरोमा पार्दा फाइदा हुन्छ भन्ने नसोच्न आग्रह गरे ।



कागजपत्र |
