एमालेको लगातार अवरोधपछि राष्ट्रिय सभा बैठक अब भोली बस्ने


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि २९ मिनेटका लागि स्थगित भएको राष्ट्रियसभाको बैठक भोलिमात्रै बस्ने भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले अर्को बैठक सोमबार अपराह्न १:०१ बजे बस्ने बताए।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिकरूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले सदन अवरोध गरेको थियो ।

प्रतिक्रिया