

कर्णालीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
सुर्खेत – कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।
आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो ।
प्रदेश प्रमुख तिलक परियारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित भइ सचिवालयमा पत्रसमेत पुगिसकेको छ ।

