

शहीद स्मारक ‘ए’ डिभिजन लिगः आज ३ खेल हुँदै

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार तीन खेल हुँदैछ।
च्यासल खेल मैदानमा दिउँसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब आमनेसमाने हुनेछन्।
२३ खेलमा ३० अंक जोडेर छैटौँ स्थानमा रहेको आर्मी शनिबार आठौँ जितको योजनामा हुनेछ। २३ खेलमा २९ अंक जोडेर नवौं स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा हुनेछ।
यस्तै दशरथ रंगशालामा दिउँसो ३ बजे नै हुने पहिलो खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
२३ खेलमा २७ अंक जोडेर ११ औँ स्थानमा रहेको थ्री स्टार सातौँ जितको खोजीमा रहनेछ। २३ खेलमा २९ जोडेर आठौँ स्थानमा रहेको एपीएफ नवौँ जित निकाल्ने योजनामा छ।
साँझ ६ बजे दशरथ रंगशालामा नै हुने अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
२३ खेलमा ४१ अंक जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइज १२ औँ जितको योजनामा छ। २३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको जावलाखेल ११ औं जितको खोजीमा हुनेछ।

