

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता भएको छ ।
लामो समयदेखी राष्ट्रपति कार्यालयमा अड्किएर बसेको नागरिकता विधेयक गत बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि राष्ट्रपतिको उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।
हिजो बिहीवार सर्वोच्चमा पेस भएको रिट आज शुक्रवार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइ आइतवारका लागि तोकिएको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र डा। सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट निवेदन दर्ता गराएका थिए ।

