
भारतीय दूतावास अगाडि अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा प्रदर्शन
काठमाडौँ – राप्रपाको युवा संगठनले भारतले नेपाली भूभाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा प्रदर्शन गरेको छ ।
सो संगठनले शुक्रवार भारतीय दूतावास अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनकारीले ‘हामीलाई हाम्रो देश प्राण भन्दा प्यारो छ ।
भारतीय विस्तारवाद मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरुले भारतको सो कदमविरुद्ध चर्को नारा लगाएका थिए ।
प्रदर्शनकारीले अखण्ड भारतको नक्सा पनि जलाएका छन् ।



कागजपत्र |
