एमाले सचिवालय बैठक बस्दै, केन्द्रिय सदस्यको कार्यबिभाजन गरिने
काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।
पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेवाट सुरू हुनेछ ।
सो बैठकमार्फत वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिइने तथा केन्द्रिय सदस्यहरूको कार्यबिभाजनका गरिने छ ।
गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रिय सदस्यहरूको कार्यबिभाजन गर्न लागिएको हो ।
एमालेको सचिवालयमा पदाधिकारीसिहत १९ जना सदस्य रहेका छन् ।