रास्वपाद्वारा सांसद विकास कोष खारेजीको माग


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद विकास कोषका लागि बजेट विनियोजन गर्दा राष्ट्रिय ढुकुटी दोहन हुने भन्दै खारेजीका लागि संकल्प प्रस्ताव दर्ता गराएको छ ।

रास्वपाका सांसद डोलप्रसाद अर्यालको नेतृत्वमा बिहीबार संकल्प प्रस्ताव दर्ता भएको हो ।

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई रकम छुट्याएर बजेटको विश्वसनीयतामाथि नै प्रश्न उठेको रास्वपाको भनाइ छ । अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा बजेट भाषण गर्दै प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँका दरले ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको बताएका थिए ।

प्रतिक्रिया