प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन् । चारदिने भारत भ्रमणकालागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरेका हुन् ।

भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो। यसअघि प्रधानमन्त्री प्रचण्डले हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।

त्यसलगत्तै दुई देशका बीचमा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका थिए ।

प्रतिक्रिया