

शेयरबजारमा लगातार पहिरो, ३८.८३ अंकले नेप्से घट्दा सवा २ अर्बको कारोबार

काठमाडौं – साताको चौंथो दिन बुधबार नेप्से दोहोरो अंकले घटेको छ ।
नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ बिन्दुमा कायम भएको छ ।
मंगलबार मात्रै ५३ अंकको उच्च गरिवट भएको बजारमा आज ८७ लाख ३६ हजार १२८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ । लगातर बजार घटेपनि कारोबार भने घटेको छैन ।
कारोबारका आधारमा आज सर्वाधिक आफा कमाउनेमा सकारात्मक सकिर्टका साथ आतमनिर्भर लघुवित्त वित्तीय संस्था, माइखोला हाइड्रपावर, सिटिजन म्युचअल फण्ड १ पिपुल्स पावर लिमीटेड रहेका छन् ।
सर्वाधिक गुमाउनेमा नकारात्मक सकिर्टका साथ यूनिलिभर नेपाल लिमिटेड, एसीयन हाइड्रोपावर लिमीटेड, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था र दोरी खोला जलविद्युत कम्पनी रहेका छन ।
यस्तै, उपसमूतर्फ आजपनि सबै समूहको सेयरमुल्य घटेको छ । बुधबार बजार पुँजिकरण भने २७ खर्ब रुपैयाँ रहेको छ ।

