राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ८ जना पक्राउ


काठमाडौँ – राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतलनिवास अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले नागरिकताविधेयकको विरोधमा नाराबाजी समेत गरेका थिए ।

राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।

तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् ।

 

प्रतिक्रिया