प्रधानमन्त्रीको भारत भ्रमणपछि दुई देशको सम्बन्ध थप बलियो हुनेछ : परराष्ट्रमन्त्री


काठमाडौं – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको भारत भ्रमणपछि दुई देशको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री साउदले नेपाल र भारतबीच रहेको परम्परागत सम्बन्ध रहेकाले प्रधानमन्त्रीको भारत भ्रमणपछि दुई देशको सम्बन्ध थप घनिभुत, सुदृढ र वलियो हुने विश्वास व्यक्त गरे ।

विद्युत क्षेत्रमा भारतको लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाईन निर्माण गरेर विधुत व्यापारको वातावरण बनाउने, भारतका साथै वंगलादेशसंगको विद्युत व्यापारको आधार तयार गर्ने काम भ्रमणबाट हुने उनको भनाइ छ । बिजुली बिक्री हुने बजारको सुनिश्चितता गर्नका लागि भारतसँग लामो समयको सम्झौता खोज्ने प्रयत्नमा रहेको उनले बताए ।

उनले महाकाली क्षेत्रमा केहि पक्की पुलहरु निर्माणका लागि ठोस पहलकदमी हुने जानकारी दिए । त्यस्तै राष्ट्रहितमा रहेर भारतसंग अन्य केहि बिषयमा सहमति हुन सकने उनले बताए ।

प्रतिक्रिया