

बजेट सार्वजनिक गरेको भोली पल्ट सेयर बजार ५३.१६ अंकले ओरालो

काठमाडौं – सेयर बजार उच्च अंकले घटेको छ । मंगलबार सेयर बजार ५३.१६ अंकले ओरालो लागेर १८८८.६१ विन्दुमा झरेको छ ।
७० लाख ७४ हजार २५५ कित्ता किनबेच हुँदा कुल २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँको कारोबार भएको छ । ९ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनीको घट्यो भने ३ कम्पनीको स्थिर रहेको छ ।
सर्वाधिक शिवम् सिमेन्ट्सको २१ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयरको १० करोड ११ लाख, नेपाल लाइफको ८ करोड ४ लाख, चिलिमे हाइड्रोपावरको ७ करोड ४ लाख र निफ्राको ५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
स्वेत गंगा हाइड्रोपावर र सिटिजन्स म्युचुअल १ को सेयरमूल्य सर्बाधिक घटेको छ । यसका साथै, सामुदायिक लघुवित्त, सयपत्री हाइड्रोपावर, आदर्श लघुवित्त लगायतका अन्य कम्पनीको सेयरमूल्य घटेको छ ।
रसकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ। सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन्।

