

प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन १० दिन समय

काठमाडौँ – प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरीको आह्वान गरिएको छ ।
मङ्गलवार बिहान बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस कार्कीविरुद्ध उजुरी वा सूचना दिन आह्वान गरेको हो ।
समिति सभापति ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उजुरी आह्वानको सूचना प्रकाशित गर्न संसद् सचिवालयलाई निर्देशन दिए । समितिले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
समितिको कार्यविधिअनुसार संवैधानिक परिषद्बाट प्रस्तावित व्यक्तिको सिफारिसबारे सर्वसाधारणलाई जानकारी दिने र कुनै सूचना वा उजुरी दिन आह्वान गरिएको हो ।
१० दिनको समय दिएर उजुरी आह्वान भएसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । कार्कीविरूद्व लिखित वा इमेलमार्फत उजुरी दिन सकिनेछ ।

