सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई न्यायाधीश राईको इजलासमा, के आजै होला त आदेश ?


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज न्यायाधीश शंकरबहादुर राईको इजलासमा हुने भएको छ ।

जिल्ला अदालत काठमाडौँमा दर्ता भएको मुद्दाको अन्तिम सुनुवाइका लागि न्यायाधीश राईको इजलासमा तोकिएको हो ।

लगातार पेसी तोकिए पनि सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइपछि सर्दै गएको छ ।

जिल्ला अदालत काठमाडौँमा विभिन्न बहानामा अन्तिम सुनुवाइ हुन सकेको छैन । जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने अनिश्चित भएको छ।

सन्दीपले मुद्दाका कारण खेलमा सहभागी हुन कठिन भइरहेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए । ‘अहिले हामी मंगलबार (आज) फैसला हुन्छ भनेर नै तयारी गरिरहेका छौं’, उनले भनेका छन्, तर आज पनि कुनै कारण देखाएर फैसला आउन सकेन भने सन्दीपको निर्णय यसै हुन्छ भन्न नसकिने उनले बताए ।

प्रतिक्रिया