चेन्नई सुपर किङ्सलाई पाँचौंपटक आईपीएल उपाधि 


काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सीजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ ।

आइतबारको खेल वर्षाले अवरुद्ध भएपछि सोमबार राति भएको खेलमा डक वर्थ लुइस (डिएलएस मेथड) मा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले उपाधि उचालेको हो ।

योसँगै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि उचालेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएलको उपाधि उचालेको थियो ।

गुजरात टाइटनले दिएको विशाल २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती ३ बलमा चार रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

पानी परेपछि फाइनल खेललाई १५ ओभरमा झारेर १ सय ७१ रनको लक्ष्य बनाइएको थियो । त्यसपछि वर्षाले खेल रोकिएपछि चेन्नई डिएलएस मेथडमा ५ विकेटले विजयी भएको हो ।

प्रतिक्रिया