

सबै अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा

काठमाडौं – सरकारले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने घोषणा गरेको छ ।
संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा सबै संघीय अस्पतालबाट उक्त सेवा प्रदान गर्न व्यवस्था मिलाइने बताएका हुन् ।
मिर्गौला र क्यान्सरसहतिका बिरामीलाई दिइँदै आएको मासिक ५ हजार रुपैयाँलाई पनि सरकारले निरन्तरता दिएको छ।

