
जसपाको संशोधित विधान मस्यौदा पारित, विधान अधिवेशन फेरि सर्यो
काठमाडौं – जनता समाजवादी पार्टीको संशोधित विधान मस्यौदा पारित भएको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले उक्त मस्यौदा पारित गरेको हो ।
बैठकले संशोधन विधान मस्यौदा पारित गर्दै त्यसलाई राजनीतिक समितिमा पठाएको छ । राजनीति समिति र केन्द्रीय समितिको बैठक असार ९ गते बस्ने जनाइएको छ । विधान मस्यौदालाई राजनीतिक र केन्द्रीय समितिबाट पारित गरी अधिवेशनमा लगिने जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।
त्यस्तै असार ९ तोकिएको विधान अधिवेशनलाई १० गतेका लागि सारेको छ । सभा हलको व्यवस्थापन मिलाउनुपर्ने भएका कारण विधान अधिवेशन एक दिनका लागि सारिएको जसपाका प्रवक्ता मनिष सुमनले बताए । सो पार्टीको विधान अधिवेशन तेस्रो पटक सरेको हो ।



कागजपत्र |
