शहिद स्मारक लिगः आज दुई खेल हुँदै


काठमाडौं – शहिद स्मारक लिग ए डिभिजनमा आज दुई खेल हुदैँछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान, ललितपुर र एन्फा कक्प्लेक्स, सातदोबाटोमा ती खेल हुनेछन् ।

च्यासल मैदान सातदोबाटो युथ क्लब र न्युरोड टिम भिडनेछन । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

उता, एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मस्र्याङदी र थ्रिस्टार आमुने सामुने हुनेछन् । जुन खेल पनि ३ बजेवाट नै सुरु हुनेछ ।

प्रतिक्रिया