प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित


काठमाडौं – प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।

पाँच दिन प्रतिनिधि सभाको बैठकमा छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका थिए। राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ।

जेठ १५ गते सरकारले आगामी वर्षको बजेट ल्याउँदै छ।

 

प्रतिक्रिया