प्रतिनिधिसभा बैठक बस्न ढिलाइ, अझै शुरु भएन


काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भएको छ । आज अपराह्न ४ बजे वैठक बस्न तोकिएको भए पनि पौने ५ बजेसम्म बैठक शुरु हुन सकेको छैन ।

पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणले शुक्रबारको बैठक अवरुद्ध भएको थियो । सोही बैठक आजका लागि निर्धारण गरिएको हो । आज पनि बैठक शुरु हुन सकेको छैन । संघीय संसद् सचिवालयले एकैछिनमा बैठक शुरु हुने र अहिले सभामुख देवराज घिमिरेले दलका नेताहरूसँग छलफल गरिरहेको जनाएको छ ।

‘केही क्षणमा बैठक शुरु हुन्छ । सभामुख दलका नेताहरूसँग अहिले पनि सरसल्लाह गरिरहनु भएको छ’, संसद् सचिवालयका प्रवक्ता एकग्राम गिरीले भने । आज (शनिबार) बिहान कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा ओलीमाथि आरोप लगाइएको प्रसङ्गलाई संसदीय रेकर्डबाट हटाउने सहमति भएको थियो ।

प्रतिक्रिया