

विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा सन्दीप अनुपस्थित

काठमाडौं – जिम्बाबेमा हुने एक दिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने अनुपस्थित छन् ।
त्रिवि क्रिकेट मैदानमा दुई दिनदेखि प्रशिक्षण चलिरहँदा सन्दीप अनुपस्थित बनेका हुन् । अदालतमा जारी मुद्दाका कारण दक्षिण अफ्रिका जिम्बाबे भ्रमणमा जाने/नजाने तय नभएकाले बन्द प्रशिक्षणमा नगएको निकट स्रोतले बतायो ।
विश्वकप छनोटका लागि घोषित २२ सदस्यीय प्रारम्भिक टिममा सन्दीपलाई समावेश गरिएको छ ।

