

प्रतिनिधिसभा बैठक आज ४ बजे बस्ने

काठमाडौं — एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक आज (शनिबार) बस्ने भएको छ ।
यसअघि शुक्रबार एमालेले अवरोध गरेपछि पटकपटक निश्चित गरे पनि बस्न नसकेको बैठक आज अपराह्न ४ बजेका लागि तय गरिएको छ ।
शुक्रबारको सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची थियो ।
तर, १० पुसमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा अनियमितता भएको बताएको विषयमा आपत्ति जनाउँदै नेकपा एमालेले संसद बैठक अवरोध गरेको हो ।

