हज यात्राका लागि १ हजार ९२ जना छनोट, तयारी अन्तिम चरणमा


काठमाडाैं – नेपाल हज समितिले ‘हज यात्रा-२०२३’ का लागि १ हजार ९२ जना छनोट गरिएको जनाएको छ ।

समितिले शुक्रवार एक सूचना जारी गर्दै हज समिति कार्यविधि–२०७२ अनुसार उनीहरूको छनोट गरिएको जानकारी दिएको हो ।

हज यात्राको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।

हज यात्राको सम्पूर्ण जिम्मेवारी समितिका अध्यक्ष मकबुल मिया (शाह)ले पाएका छन् । छनोट भएका १ हजार ९२ जना उनको नेतृत्वमा यही जेठ १६, १७, १८, २०, २१ र २२ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

गृह मन्त्रालय र साउदीको हज तथा उमरा मन्त्रालयको आग्रहमा शाह नेतृत्वको समितिले हज यात्रा व्यवस्थापनको जिम्मेवारी लिएको हो ।

२०२२ मा नेपालदेखि हज गर्न जाने हज यात्रीहरूको व्यवस्थापन हज समितिले गर्न थालेको हो ।

संसारका मुस्लिमको आस्थाको केन्द्र मकका मदिनामा सुरक्षा चुस्ताका साथै हाजीहरूको सुविधामा कुनै कमी नआउने साउदीको हजा तथा उमरा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया