एमालेले संसद अवरूद्ध गरेपछि संसद बैठक स्थगित


काठमाडौं – सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसदहरुले प्रतिनिधि सभा संसद चल्न नदिएपछि २० मिनेटका लागि पहिलो बैठक स्थगित गरेका छन् ।

भ्रष्टाचारमा अध्यक्ष केपी शर्मा ओलीको नाम लिएको भन्दै प्रमाणित गर्न चुनौती दिँदै सरकारको जवाफ मागेर एमाले सांसदले सदन अवरुद्ध गरेका थिए ।

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम थियो।

बैठक निर्धारित समयभन्दा झन्डै साढे १ घन्टा ढिला सुरू भएको थियो‍। सभामुख देवराज घिमिरले बैठक सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

प्रतिक्रिया