कर्णालीमा पूर्वराजा ज्ञानेन्द्रलाई अभिनन्दन गरिँदै


सुर्खेत – पूर्वराजा ज्ञानेन्द्र शाहलाई कर्णालीमा अभिनन्दन गरिने भएको छ । शनिबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने अभिनन्दन कार्यक्रममा उनी आउँदैछन् ।

शनिबार दिउँसो १ बजे घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिक अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए ।

शाहले कार्यक्रममा सम्बोधन पनि गर्ने छन् ।

पूर्वराजाको स्वागतका लागि सुर्खेत विमानस्थलदेखि कार्यक्रमस्थलसम्म नेपालको झण्डा, ज्ञानेन्द्रको तस्बिर र स्वागतद्वारले सजाइएको छ ।

प्रतिक्रिया