आज देशभरको मौसम बद्ली, पानी भने नपर्ने


काठमाडाैं – आज देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलकाअनुसार अझै एक/दुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको उनले बताए । आउँदो आइतवारसम्म नै देशभर बद्ली हुने र सोमवारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमवारदेखि भने बिस्तारै गर्मी सुरु हुने मौसमविद् पौडेलले बताए ।

यस्तै, आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।

पानी नपरे पनि बादल लाग्दा चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसम मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया