कर्णाली प्रदेशसभा संसदीय समिति सभापतिको चुनाव जेठ १४ गते


सुर्खेत – कर्णाली प्रदेशसभा संसदीय समितिका सभापतिको चुनाव यही जेठ १४ गते हुने भएको छ ।

आज बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा सभामुख नन्दा गुरुङले संसदीय समितिको निर्वाचन जेठ १४ गते आइतबार गर्न निर्देशन दिएकी हुन् ।

गुरुङले आइतबार बिहान ११ बजे सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी छन् ।

प्रतिक्रिया