अनूचित रिपोर्ट गरेको भन्दै चीनमा बीबीसीका सबै प्रशारण प्रतिबन्ध
काठमाडौं – चीन सरकारले बीबीसीको सबै प्रसारणमा प्रतिबन्ध लगाएको छ ।
अनुचित र असत्य रिपोर्टिङ गरेको आरोप लगाउँदै चीनले आफ्नो मुलुकमा कुनै पनि रेडियो र टेलिभिजनबाट बीबीसी विश्व सेवाको प्रसारण नगर्ने निर्णय गरेको हो ।
कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि बीबीसीबाट प्रसारित रिपोर्टको चीनले आलोचना गर्दै आएको थियो ।
बीबीसीले चीनको निर्णयले निरास बनाएको जनाएको छ । प्रसारणमा रोक लगाउने चीनको निर्णय ब्रिटिस मिडिया सम्बन्धी नियामक निकाय अफकमले बेलायतमा प्रसारण हुने चीनिया टेलिभिजन नेटवर्क सिजिटिएनको प्रसारण लाइसेन्स उल्ट्याएपछि आएको हो ।
चीनको विश्व टेलिभिजन प्रसारण नेटवर्क सिजिटिनको बेलायतमा प्रसारण गर्न पाउने लाइसेन्सलाई अफकमले उल्ट्याइदिएको थियो ।
सीजीटीएनको लाइसेन्स गलत तरिकाले स्टार चाइना मिडिया लिमिटेडले राखेको तथ्य सार्वजनिक भएपछि अफकमको लाइसेन्स रद्द गर्ने निर्णय गरेको थियो ।
बेलायतका विदेशमन्त्री डोमिनिक राबले बेइजिङ्गको कदमलाई ‘सञ्चारमाध्यमको स्वतन्त्रतामाथि अस्वीकार्य प्रतिबन्ध’ भन्दै आलोचना गरेका छन्।