

सांसदहरुले भने- नीति तथा कार्यक्रम सहमतिका साथ कार्यान्वयन गरिनुपर्छ

काठमाडौं – सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ कोे नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदैँ उनीहरुले सरकारले सबै क्षेत्रलाई समेटर जनतामुखी कार्यक्रम ल्याएको हुँदा यसलाई प्रभावकारी कार्यान्वयन लैजानुपर्ने बताए ।
छलफलमा भाग लिँदै सांसद सूर्यमान दोङले नीति तथा कार्यक्रममार्फत सरकारले जनमुखी र यथार्थपरक कार्यक्रम ल्याएको हुँदा यसलाई राष्ट्रिय सहमतिका साथ पारित गरेर कार्यान्वयनमा लैजानुपर्ने बताए । यस्तै, सांसद शङ्कर भण्डारीले मुलुक अपठ््यारो अवस्थामा रहेकाले पुनः एक पटक राष्ट्रिय सहमति, सहकार्य र सद्भावका साथ अघि बढ्नुपर्ने खाँचो औंँल्याए ।
बैठकमा सांसद मंगलप्रसाद गुप्ताले कृषि उत्पादन प्रवद्र्धन र किसानलाई प्रोत्साहित गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए भने सांसद हितबहादुर तामाङले अहिलेको नीति तथा कार्यक्रम सबैले गौरब गर्न लायक रहेको जनाउँदै समर्थन जनाए ।
सांसद ईश्वरीदेवी न्यौपाने जनताको आवश्यकतालाई प्राथमिकता दिएर देशको आर्थिक समृद्धिलाई अघि बढाउनेगरी नीति तथा कार्यक्रम आएको जनाउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
सांसद सुनिता बरालले जटिल रुपमा रहेको अर्थतन्त्रलाई सुधार गरी हालको आवश्यकतालाई ध्यान दिएर नीति तथा कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिए भने सांसद लेखनाथ दाहालले नीति तथा कार्यक्रम शरल व्यवहारिक र वस्तुवादी रहेको जनाउँदै अहिले उठाइएको विषयलाई आगामी बजेटमा समावेश हुने विश्वास व्यक्त गरे ।

