देशभर थप ३०९३ संक्रमित, २१०८ डिस्चार्ज


काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै हालसम्म देशभर संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १३ हजार ८ सय ६१ जनाको पीसीआर परिक्षण गरिएको छ ।

काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना गरी पछिल्लो २४ घन्टामा उपत्यकामा १७०२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१०८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ९६ हजार ६ सय ९ रहेको छ ।

प्रतिक्रिया