

नक्कली भूटानी शरणार्थी प्रकरणमा आईजीको संलग्नताबारे बोल्यो प्रहरी हेडक्वार्टर (विज्ञप्तिसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले नक्कली शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजी)को भूमिकाका बारेमा प्रकाशित समाचार ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्र्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुवेर कडायतद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रकाशित समाचारहरु आधार, तथ्य र प्रमाण बिनाको रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी महानिरीक्षकलाई विवादमा तानिनु निन्दनीय छ ।’

