
भुटानी शरणार्थी प्रकरणको विषयमा छलफल गर्न गृहमन्त्रीले भेटे आईजीपी कुँवर
काठमाडौँ – भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा भेटिएका थप विषयका बारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आईजीपी वसन्त कुँवरसँग छलफल गरेका छन् ।
गृह मन्त्रालयमा आयोजित छलफलमा अनुसन्धानको क्रममा भेटिएको तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र केशवप्रसाद दुलालको बीचमा भएको ‘च्याट’ बाहिरिएकोबारे छलफल भएको छ ।
गृह–सचिव पाण्डेसँग भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दाको मुख्य योजनाकार मध्येका केशव दुलाल तत्कालीन उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरसँग भेट्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । म्यासेजमा दुलाल र पाण्डेको बिचमा कुँवरलाई आर्थिक ‘सपोर्ट’ गर्ने विषयमा भएको कुरा बाहिरिएको छ ।
भेटमा अधिकांश अतिरिक्त महानिरीक्षक (एआईजी) हरू पनि सहभागी थिए ।



कागजपत्र |
