सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् ।

नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले आफू कुमाल समुदायसहित मुलुकका सबै अल्पसंख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा रहेको बताएका हुन्।

‘सानो संख्यामा रहे पनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्त्वपूर्ण भूमिका रहेको छ। यो समुदायको इतिहास, संस्कृति र महत्त्व धेरै ठूलो छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्रीसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष श्रुति कुमाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया