एमालेका अध्यक्ष ओली भन्छन् : एमालेमाथि चौतर्फी हमला भयो


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले एमालेविरुद्ध चौतर्फी हमला भएको बताएका छन् । विगत दुई वर्षमा हुँडारको बथानले जस्तो आफूहरूमाथि चौतर्फ हमला भएको उनले बताएका छन् ।

‘यदि कुनै दशै दिशा हुन्छ भने दशै दिशाबाट हामीमाथि तीव्र हमला भयो, तलबाट, माथिबाट, वर्तिर, पर्तिरबाट, पूर्व–पश्चिम, उत्तर–दक्षिण, कुनाकुना कतैबाट पनि बाँकी नराखेर चौतर्फी हमला गरिएको छ,’ उनले भने, ’हुँडारका बथानले जस्तो कसैले खुट्टा टोक्छ, कसैले हात टोक्छ । कसैले टाउकोतिर झम्टिन्छ । हीँहीँहीँ कराएको छ, झम्टिएको छ । टोकेको छ । जिउँदै खाएर सिध्याउन खोजेको छ ।’

उनले उक्त प्रतिकूल अवस्थाबाट आफूहरूले पार्टीलाई जोगाएको बताए । पार्टी चल्न नदिने, पार्टीमा गति आउन नदिने, पार्टी नीतिप्रति, पार्टी नेतृत्वप्रति अनास्था जगाउने, निष्ठा ध्वस्त पार्ने, आस्था भंग गरिदिने, अन्तरध्वंस मच्चाउने नराम्रा घटना विगत २ वर्षमा भएको दाबी उनले गरे । तर त्यसका बाबजुद अहिले पार्टीलाई सशक्त ढंगले पुनर्जिवित गरिएको उनले बताए ।

प्रतिक्रिया