खुला स्थानमा आगो बाल्नेलाई जरिवाना : काठमाडौं महानगर


काठमाडौं – काठमाडौं महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिकाले मङ्गलवार वडा नम्बर ९ स्थित खुला स्थानमा आगो बालेर वातावरण प्रदूषण गर्ने सञ्जीव रावतलाई जरिवाना तिराएको हो ।

महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलगायतका वातावरण प्रदूषण गर्ने काम नगर्न सचेत गराउँदै आएको छ भने अटेर गर्नेमाथि जरिवाना गर्दै आएको छ ।

प्रतिक्रिया