ओलीलाई काँग्रेस सांसद केसीको प्रश्न : भुटानी शरणार्थी प्रकरणबारे भएको सूचना प्रहरीलाई किन नदिएको ?


काठमाडौँ – नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूसँग भएको सूचना प्रहरीलाई दिनुपर्ने बताएका छन् ।

मङ्गलवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका सम्बन्धमा सुरुदेखिको जानकारी रहेको सार्वजनिक रूपमा बताएर पनि त्यसबारे ओलीले प्रहरीलाई किन जानकारी नगराएको हो भन्ने प्रश्न गरेका छन् ।

उनले भने, ‘उहाँ (केपी ओली)लाई सम्मानसाथ मेरो आग्रह छ, नक्कली भुटानी शरणार्थीको सन्दर्भमा हरेक दोषीहरू सुरुदेखि थाहा छ भन्ने जुन बाहिर र संसदमा पनि केही अभिव्यक्ति गर्नुभएको छ । कृपया उहाँले खबर गरेर तिनीहरूमाथि कारबाही गर्न किन हिचकिच हो मलाई थाहा छैन ।’

एमाले अध्यक्ष ओलीले गत आइतबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रमबारेको छलफलमा सहभागी हुँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको बताएका थिए ।

प्रतिक्रिया