

नीति तथा कार्यक्रम परम्परा धान्ने किसिमकाे छः डा. स्वर्णिम वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्ने किसिमको रहेको बताएका छन् ।
नेपालमा १० वर्ष भन्दा बढी समयदेखि यस्तै नीति तथा कार्यक्रम आइरहेको भन्दै यसवर्षको कार्यक्रममा धेरै आलोचनात्मक भइरहनु आवश्यक नभएको उनले बताए ।
‘यो परम्परा धान्न ल्याइएको दस्तावेज हो र परम्परा धानिएको छ । नवीनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिको कसीमा हामी अझ राम्रो गर्न सक्थ्यौं होला’ मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘ १० वर्षदेखि त राज्य प्रणालीमा परोक्ष अप्रत्यक्ष हिसाबले म आफैं पनि संलग्न भएको हिसाबले नीति तथा कार्यक्रम यस्तै यस्तै हो ।’
नीति तथा कार्यक्रमलाई सत्ता पक्षले गजबको भिजन बोकेको भनेको र अर्को पक्षले अल्छी विद्यार्थीले हतारमा लेखेको शब्दको थुप्रोजस्तो भनेको भन्दै रास्वपा सांसद वाग्लेले आफूहरु यो दुबै पक्षमा असहमत रहेको बताए ।

