मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार, जनमतको मन्त्रालय खोसियो, समाजवादीको इन्ट्रि


काठमाडौँ – मंगलबार मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । जसपा नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री सहभागी हुने निश्चित भएको छ ।

जसअनुसार कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्रीको रूपमा आजै शपथ लिने तयारी भएको छ ।

मुख्यमन्त्री यादवले सत्ताधारी दलसँग गरेको छुट्टाछुट्टै छलफल अनुसार नेकपा (एकीकृत समाजवादी) ले कृषि मन्त्रालय पाएको छ ।

जनमतको भागमा रहेको कृषि मन्त्रालय खासेर नेकपा (एसकीकृत समाजवादी) लाई दिइएको हो । सो पार्टीबाट गोविन्द न्यौपाने मन्त्रीमा शपथ लिने बताइएको छ ।

यस्तै जनमतबाट कृषि मन्त्री रहेका वसन्त कुशवाहालाई विना विभागीय मन्त्री बनाउन लागिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

यस्तै लोसपाले पनि एक मन्त्रालय पाएको छ । लोसपाले मन्त्रालय निश्चित नभएकाले नाम दिइसकेको छैन ।

प्रतिक्रिया