नेप्सेमा १६ दसमलव ११ अंकको गिरावट, ८ अर्ब माथिको कारोबार


काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बिहिबार १६ दसमलव ११ अंकले घटेर २५ सय २६ दसमलव ९२ बिन्दुमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ६६ अंकले घटेर चार सय ६३ दसमलव ४७ बिन्दुमा झरेको छ ।

दिनभरिमा २ सय ६ वटा कम्पनीको १ करोड ६० लाख ५८ हजार ४ सय ५८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै डिप्रोक्स लघुवित्तको ५६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ४६ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चन्द्रागिरी हिल्सका लगानीकर्ताले ५ दशमलव ०३ प्रतिशतका दरले कमाएका छन् भने लुम्बिनी विकास बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन्। स्पोर्ट माईक्रोफाइनान्स वित्तीयका लगनीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् भने डिप्रोक्स लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया