प्रहरीले सरकारी वकिल कार्यालयमा बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले प्रतिवेदन बुझाएको छ।

सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

‘प्रहरीले प्रतिवेदन ल्याएको छ। बुझिलिने काम भइरहेको छ,’ उनले भने।

प्रहरीले चैत १२ गतेदेखि सुरू गरेको अनुसन्धान ६० दिन पुग्नै लाग्दा सरकारी वकिल कार्यालयमा प्रतिवेदन दिएको हो। सरकारी वकिलले पनि यस प्रतिवेदनलाई मंगलबार अदालतमा पेश गर्नुपर्ने बताएको छ।

यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। यस्तै १२ जना भन्दा बढी फरार समेत छन्।

प्रतिक्रिया