चट्याङबाट जोगाउन सुर्खेतको मेहलीमा अर्थिङ टावर निर्माण


वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१६ स्थित मेहलीको डाँडामा चट्याङबाट जोगाउन अर्थिङ टावर निर्माण गरिएको छ।

वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सञ्चालित उत्थानशील नगरका लागि सामूहिक पहल परियोजनासँगै स्थानीय नागरिकको श्रमदानमा सुर्खेतको मेहली डाँडामा चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण गरिएको हो।

वीरेन्द्रनगरका मेहली, पारेगाउँ, रतु, गर्पन गाउँहरू चट्याङको उच्च जोखिममा रहेकाले जनधनको सुरक्षा गर्न अर्थिङ टावर राखेर सुरक्षित बनाइएको हो।

वीरेन्द्रनगर-१५ र १६ नम्वर वडामा चट्याङको शक्ति नष्ट गर्ने अर्थिङ टावर राखेर बस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको शाखाका सभापति रामलाल आचार्यले बताए।

उनका अनुसार उक्त अर्थिङ टावरले चट्याङको उच्च जोखिमा रहेका वीरेन्द्रनगरका मेहली, पारेगाउँ, रतु, गर्पन लगायतका गाउँहरू सुरक्षित हुनेछन्।

प्रतिक्रिया