१० महिनामा नेपालको वैदेशिक व्यापार १६.७८ प्रतिशतले घट्यो


काठमाडौं – चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) नेपालको व्यापार घाटा १२ खर्ब ४ अर्ब पुगेको छ ।

यो व्यापार घाटा पोहोरको तुलनामा भने कम हो ।  पोहोर सो अवधिमा मुलुकको व्यापार घाटा १४ खर्ब ३१ अर्ब पुगेको थियो । आयातमा कमी आएसँगै मुलुकको व्यापार घाटामा राहत मिलेको हो ।

१० महिनाको अवधिमा कुल १३ खर्ब ३५ अर्ब रुपैयाँको आयात भएको छ । गत वर्षको सो अवधिमा यस्तो आयात १६ खर्ब ४ अर्ब थियो । आयात १६.७८ प्रतिशत घटेको हो । आयात मात्रै नभई निर्यात पनि उच्च दरले गरेको छ ।

१० महिनाको अवधिमा मुलुकबाट १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको सामान निर्यात भएको छ । पोहोर सोही अवधिमा १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएको थियो ।

प्रतिक्रिया