

बझाङमा हिमपहिरो : ३ जना बेपत्ता, दुई घाइते

धनगढी – बझाङमा हिमपहिरो जाँदा ३ जना बेपत्ता भएका छन्, भने दुई जना घाइते छन् ।
आज (आइतबार) बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएकोजाकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताए ।
अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको उनले जानकारी दिए । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनको भनाइ छ ।

