
भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ४ जना मुख्य योजनाकार
काठमाडौं – नेपाली नागरिकलाइ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा गरिएको ठगीमा चार जना मुख्य योजनाकार रहेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेकाे छ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ४ जना मिलेर योजना बनाएको भेटिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।
टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री ‘बादल’का सल्लाहकार डा. इन्द्रजित राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
टोपबहादुर रायमाझीले नै केशव दुलाल र सानु भण्डारीलाई डा. इन्द्रजित राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धानबाट थाहा भएको छ ।
हाल सम्म यस प्रकरणमा संलग्न आरोपमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे र डा. इन्द्रजित राईसहित १६ जना प्रहरीको हिरासतमा छन् ।



कागजपत्र |
