सन्दीपको मुद्दा न्यायाधीश पराजुलीको इजलासमा


काठमाडौं – सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजका लागि तोकिएको पेसीको सुनुवाई फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सुनुवाई हुने भएको छ ।

जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो ।

आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको छ ।

सन्दीप चाँडै नेपालको तर्फबाट विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जानुपर्ने भएकाले चाँडो मुद्दा किनारा लागोस् भन्ने चाहन्छन् ।

यदि आज सुनवाइ नभएको खण्डमा उनको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया