


सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याइनेछ : मन्त्री यादव

काठमाडाैं - खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।
शनिवार काठमाडौं आयोजित एक कार्यक्रममा उनले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा भएको भन्दै यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बाए।
नेपाल समाजवादी पार्टीका (नेसपा)का अध्यक्ष समेत रहेको उनले संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्वका लागि आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताए । उनले भने, “वर्तमानसत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटि सच्याउने छ ।”

